संसद् हो कि चुनावी सभा छुट्टाउनै गाह्रो : प्रदीप पौडेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संसद् हो कि चुनावी सभा छुट्टाउनै गाह्रो : प्रदीप पौडेल


२५ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको टिप्पणी गरेका छन्।

बुधबार काठमाडौँमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्ट्याउन गाह्रो भइरहेको बताएका हुन्।

नेता पौडेलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्कासमेत सांसदहरूले राख्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

उनले संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखि नेताहरूले बोल्ने गरेकोमा पनि आपत्ति जनाए। सांसद पौडेलले भने, ‘मलाई यो संसद होकि चुनावी सभा हो रु छटयाउन गाह्रो भइरहेको छ। कुनै तथ्यमा आधारित भएर बोल्नु पर्दैन। सबैको नजर केन्द्रित भएर संसदमा झुटो बोल्नु हुँदैन। यसलाई खण्डन गरिनेछ। यसले मेरो व्यक्तित्वमा आँच आउनेछ।’

नेता पौडेलले मुलुकको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार भएको दाबी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

Tags :
प्रतिक्रिया दिनुहोस