तीन सातामा ९० प्रतिशत खाल्डाखुल्डी सुधार भए : मन्त्री श्रेष्ठ  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तीन सातामा ९० प्रतिशत खाल्डाखुल्डी सुधार भए : मन्त्री श्रेष्ठ 


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफूले काठमाडौँका सडकमा रहेका समस्या सबैसँग समन्वय गरेर समाधान गर्न सुरु गरेको बताएका छन् । उनले तीन सातामा झन्डै ९० प्रतिशत समस्या सुधार भएको दाबी गरे ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमा नै उनले सडकमा संरचना रहेका निकायका प्रमुखसँग बैठक गरेर मर्मत र सुधारका लागि लाग्न भनेका थिए । यो अवधिमा समग्र सडकमा ६० प्रतिशत सुधार देखिए पनि मन्त्रालयको कार्यक्षेत्रमा रहेका सडकमा ९० प्रतिशतमा सुधार रहेको बताए ।

विकासको सकारात्मक कुरा स्थापित गर्न र कमजोरीलाई औँल्याउन मिडियाको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइछ । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूलाई मिडियाले सधैँ सकारात्मक सुझाव दिइरहेको उनले बताए ।

खाल्डाखुल्डी पुर्ने काम मन्त्रालय एक्लैले चाहेर मात्रै गर्न नसकिने भएकाले भने पनि आठ निकायलाई एक ठाउँमा ल्याएर गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । सडक विभागले सडक मर्मत गरे पनि अरू निकायले मर्मत गर्नासाथ तत्काल खन्ने गरेकाले खाल्डा पूरै हटाउन नसकिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस