विभागका कार्यसम्पादनबारे दैनिक जानकारी लिने बालेनको तयारी  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

विभागका कार्यसम्पादनबारे दैनिक जानकारी लिने बालेनको तयारी 


२२ माघ २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरमार्फत हुने कार्यसम्पादनबारे दैनिक रूपमा प्रगति विवरण लिने भएका छन् ।

मेयर बालेनलाई महानगरका सबै विभाग, सचिवालय, इकाइ, आयोजना तथा कार्यक्रमहरूबाट दैनिक रूपमा सम्पादन भएका कार्यहरूको विवरण एकीकृत गरी प्रत्येक दिन साँझ ७ बजेभित्र पेस गर्नुपर्ने शुक्रबार एक पत्र मार्फत सूचना प्रविधि विभागले निर्देशन दिएको छ ।

विभागको निर्देशनमा मेयर बालेनलाई दैनिक रिर्पोट पठाउनु अघि प्रमुख प्रशासकीय अधिकृतलाई पनि पठाउन भनिएको छ ।

मेयर साह र प्रमुख प्रशासकीय अधिकृतलाई दैनिक रिर्पोट पठाउनका लागि सूचना प्रविधि विभागले ढाँचा समेत पठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस