झापामा दुईवटा ट्रक ठोक्किंदा चालक र सहचालकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

झापामा दुईवटा ट्रक ठोक्किंदा चालक र सहचालकको मृत्यु


२० माघ २०७९, शुक्रबार


झापा । शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुई वटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए

उनका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरेको ना६ख ८८९५ नंको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना३ख ८३११ नंको ट्रकले ठक्कर दिएको थियो । सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस