रास्वपाले तत्काल सरकार नछाड्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रास्वपाले तत्काल सरकार नछाड्ने


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । चार घण्टासम्म चलेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले तत्काल उच्चस्तरीय संयन्त्रको बैठकबाट समाधान खोज्न पहल गर्ने निर्णय गरेको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी महामन्त्री मुकुल ढकालले बैठक बस्नुअघि नै प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय संयन्त्रको संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिनको समय मागेकाले अहिलेलाई समय दिने निर्णय गरेको जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस