काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा आगजनी  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा आगजनी 


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । काभ्रेको भकुन्डेबेँसीमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

बनेपाबाट खार्पाचोक जाँदै गरेको बा. २ ख ७३४२ नम्बरको बसले पैदलयात्री ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । बालिकाको मृत्युपछि स्थानीयले बसमा आगजनी गरेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस