२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाम एकताको प्रक्रिया राष्ट्रपतिको चुनावपछि मात्रै अघि बढ्ने

अ+ अ-

काठमाडौँ । वाम एकताको प्रक्रिया राष्ट्रपतिको चुनावपछि मात्रै हुने भएको छ ।

राष्ट्रपतिको चुनाव फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते हुने कार्यतालिका बनाएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव अघि वाम एकता हुने गरी सार्थ छलफल हुने सम्भावना कम देखिएको हो ।

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने गरी धेरै चरणमा छलफल भई सकेका छन् ।

दुवै पार्टीवीच एकता गर्न माओवादीबाट कृष्णबहादुर महरा र नेसपा सह अध्यक्ष गङ्गानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता टोली सघन संवाद गरिरहेका छन् ।

अब माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराई तहबाट छलफल गरेर टुङ्ग्याउन मात्रै बाँकी छ । तर, तत्काल दुई पार्टीवीच एकता गर्ने विषयमा मोटामोटी समझदारी बनिसके पनि थोरै समय लाग्ने देखिएको नेसपा नेता श्रेष्ठले बताए ।

श्रेष्ठले भने, ‘अहिले पार्टीका बैठक, सरकार र राष्ट्रपतिको चुनावले गर्दा धेरै छलफल र बहस गर्न पाएको छैन । हामीले प्राप्त समय पनि दिन पाएका छैनौँ । अब राष्ट्रपतिको चुनावपछि समय पनि हुन्छ, त्यसपछि पार्टी एकताले पूर्णता पाउन सक्छ ।’ आफूहरूले फागुन मसान्तसम्म पार्टी एकता गर्ने योजना बनाएकाले निर्धारित समयमा पुरा गर्ने लक्ष्य बनाएको श्रेष्ठले बताए ।

अहिले माओवादी स्थायी समिति बैठक गत माघ १२ गतेदेखि चलिरहेको छ । प्रधानमन्त्री प्रचण्डले पार्टी बैठकलाई समय दिन नसक्दा प्राप्त छलफल हुन सकेको छैन ।

माघ महिनामा बस्ने भनिएको केन्द्रीय समिति बैठक समेत राष्ट्रपतीय चुनावपछि गर्ने तयारी गरिएको छ । केन्द्रीय समिति बैठकमा प्राप्त छलफल गरेर वाम एकता ध्रुवीकरणमा जाने माओवादी तयारी छ ।

तर, माओवादी केन्द्र र नेसपावीच पार्टी एकता गरेर नेकपा समाजवादी पार्टी बनाउने विषयमा मोटामोटी समझदारी भई सकेको माओवादी एक नेताले बताए ।

पार्टीको नाम माओवादी नराखेमा एकीकृत समाजवादी, जसपा लगायत अरू कम्युनिस्टलाई जोड्न सजिलो हुने भएकाले नाम नेकपा समाजवादी पार्टी हुन सक्ने ती नेताले बताए ।

चुनाव चिन्ह फेर्ने विषयमा वार्ता समितिमा छलफल भए पनि समझदारी भने भई नसकेको ती नेताले बताए । तत्काल माओवादी केन्द्र र नेसपावीच एकता भएपछि मात्रै एकीकृत समाजवादी र जसपासंग छलफल हुने भएको छ ।

एकीकृत समाजवादीसँग एकता गर्न एक चरण छलफल भई सकेको छ । दुवै पार्टीले आ–आफ्ना डकुमेन्ट आदानप्रदान गरी सकेका छन् ।

पार्टी एकताका विषयमा दुई पार्टीको प्रारम्भिक चरणमा भए पनि राष्ट्रपतीय चुनावपछि मात्रै छलफल हुने बताएको छ । यस्तै माओवादी केन्द्रले जसपासँग पार्टी एकताका विषयमा छलफल गर्ने तयारी गरेको छ । यद्यपि माओवादीले जसपासँग औपचारिक रूपमा छलफल गरेको छैन ।

वाम शक्तिहरूसँग एकता गर्न एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाल र जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाएको छ । तीन पार्टीले वाम एकता गर्न वार्ता टोली बनाए पनि एकता हुने गरी सार्थक छलफल हुन पाएको छैन । अब राष्ट्रपतीय चुनावपछि परिस्थिति सबै सहज हुने नेताहरूको भनाइ छ ।

एमाले बाहेक आम जनता पार्टी, विप्लव नेतृत्वको नेकपा, धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीसँग समेत पार्टी एकताका विषयमा छलफल गर्ने योजना बनाएको छ ।

एमाले बाहेक पार्टीसँग एकता गरेर माओवादी अध्यक्ष प्रचण्डले शक्तिशाली पार्टी बनाउने गृहकार्यमा जुटेका छन् ।