अब भाडाका गाडी पनि सिंहदरवारमा प्रवेश गर्न पाउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अब भाडाका गाडी पनि सिंहदरवारमा प्रवेश गर्न पाउने


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ।

अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरवार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए।

यस अघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन निर्वाधरुपमा सिंहदरवारमा प्रवेश पाउँदै आएका छन्। सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भाडाका गाडीलाई सिंहदरवार प्रवेशमा रोक लगाउँदै आएको थियो।

अपाङ्ग र अशक्त नागरिकलाई राज्यले उपलब्ध गराएको परिचयपत्रका आधारमा सुरक्षाकर्मीले उनीहरू सवार भाडाका गाडीलाई सहजरुपमा सिंहदरवार प्रवेश गराउने उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस