धितोपत्र बोर्डका अध्यक्ष हमाललाई अर्थले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

धितोपत्र बोर्डका अध्यक्ष हमाललाई अर्थले सोध्यो स्पष्टीकरण


१६ माघ २०७९, सोमबार


काठमाडौँ । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने कम्पनीसँग लेनदेन गरेको आरोप लागेपछि उनलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

अर्थ सचिव तोयम रायले आज मन्त्रालयमा बोलाएर हमाललाई स्पष्टीकरण सोधेका हुन् । अब हमालमाथि लागेको आरोप छानबिन गर्न समिति गठन गरिने स्रोतले बतायो ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना सर्वोत्तम सिमेन्टको सेयर खरिद–बिक्री प्रकरणमा बर्खास्त भएपछि गत वर्ष मात्र २ वर्षे कार्यकालका लागि नियुक्त भएका हमाल एक वर्षमा नै विवादमा आएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस