कैदी बन्दीको मानवअधिकारका लागि राजनीतिमा आए : उपसभामुख « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कैदी बन्दीको मानवअधिकारका लागि राजनीतिमा आए : उपसभामुख


१६ माघ २०७९, सोमबार


झापा । उपसभामुख इन्दिरा राना मगरले कैदी बन्दीहरूको हकहित र मानवअधिकार प्राप्तिका लागि ३३ वर्षसम्म लड्दा पनि भनेजस्तो उपलब्धी प्राप्त नभएकाले आफू राजनीतिमा आउनु परेको बताएकी छन्।

सोमबार झापा कारागारमा एक औपचारिक कार्यक्रमको प्रमुख अतिथि बनेकी उपसभामुख राना मगरले यस्तो बताएकी हुन्।आफू मर्नुअघि पनि कैदी बन्दीकै हकहित र मानवअधिकारका लागि लड्ने उनको भनाइ छ।

कारागारका कैदीबन्दीहरूले कारागार भित्र स्थापना गरेको बन्दी विकास पुस्तकालयको २६ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब आफू सबै गुनासा सुन्ने तहमा पुगेको बताइन्।

उपसभामुख राना मगरले भनिन्, ‘तपाईँहरूकै लागि लड्दालड्दै तपाईँहरूले पाउने आधारभूत मानवअधिकारका कुरा पनि नपाएका कारण आज म राजनीतिमा आउनु परेको हो ।’ राजनीतिमा नआई कैदी बन्दीहरूको मानवअधिकार प्राप्त गर्न कठिन भएको अनुभव उनले सुनाइन्।

सभामुखसँग सहकार्य गरेर जनताका मागलाई सम्बोधन गर्ने कुरामा आफू लागिरहने उनको भनाइ थियो । पुस्तकालयको वार्षिकोत्सवका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस