२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई दर्जन सहसचिवको सूची प्रधानमन्त्री कार्यालयमा, निर्णय भोलि 

अ+ अ-

काठमाडौँ । बहुचर्चित बनेको सहसचिव सरुवाको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव अर्जुन प्रसाद पोखरेलले आइतबार(आज) बिहान प्रस्तावसहितको सूची मुख्यसचिव शंकरदास बैरागीलाई बुझाएका हुन् । 

नयाँ सरकार गठनसँगै तयार गरिएको सूची दर्जनौँ पटक फेरबदलसँगै सम्भवतः भोलि मध्यान्ह बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बालुवाटार प्रशासन उच्च स्रोतले जानकारी दियो । ‘मोटामोटी छलफल अनुसार तयार पारिएको सूची आएको छ’, ती स्रोतले भने, ‘थप छलफलपछि अन्तिम रूप मन्त्रिपरिषदबाट हुन्छ होला ।’

स्रोतले प्रशासनलाई बत्ताएअनुसार सबैभन्दा धेरै अर्थ र गृहतर्फका सहसचिवको हेरफेर हुँदै छ । अर्थ मन्त्रालयबाट सहसचिव एवं आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बाबुराम सुबेदी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल, प्रशासन महाशाखा प्रमुख केदारनाथ शर्मा, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख रमेशकुमार केसी, ठुला करदाता कार्यालयका प्रमुख कर प्रशासक राजेश्वर ज्ञवाली बाहिरिँदै छन् भने अर्थ भित्रिनेमा सहसचिव धनी राम शर्मा, झक्क आचार्य, रमेश अर्याल, राम प्रसाद आचार्य, श्रीकृष्ण नेपाल र सेवन्तक पोखरेलको नाम छ । 

यसैगरी गृह मन्त्रालय भित्रिनेमा यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डे, वातावरण विभागका महानिर्देशक नमराज घिमिरे, लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयका सचिव कोमल धमला, केदारनाथ शर्मा, कर्णाली प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयका सचिव दिनेश सागर भुसाल रहेका छन् । सहसचिव भुसाल सम्भवतः गोरखाको प्रमुख जिल्ला अधिकारी बनाई पठाईँदैछ । 

गृह मन्त्रालयबाट तीन चार जना बाहिरिने भनिए पनि  को बाहिरिने भन्ने अझै निक्र्यौल गरिनसेको स्रोत बताउँछ । 

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव बाबुराम भण्डारी सञ्चार मन्त्रालय जाँदै छन् भने उनको ठाउँमा सुदूर पश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेको कुरा छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव इन्द्र मणि पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रमेश केसी जाने सम्भावना छ । प्रदेश सचिवद्वय भुसाल र लामिछानेको ठाउँमा कसलाई पठाउने भन्नेबारे पनि टुङ्गो लागेको छैन । 

अहिलेसम्मको छलफलका क्रममा यी नामहरूमाथि छलफल तथा सूची तयार भए पनि यस पटक मन्त्रिपरिषद् बैठकबाटै निर्णय हुने भएकोले सूची फेरबदल हुने सम्भावना धेरै रहेको प्रधानमन्त्री निकटस्थ स्रोतले प्रशासनलाई जानकारी दियो । ‘प्रधानमन्त्री, मन्त्री र मुख्यसचिवहरूले कसलाई कहाँ लैजाने भन्नेबारे मिलाउन सक्ने भएकोले अहिले नै भन्न सकिएन’ ती स्रोतले भने ।