ओली-प्रचण्डबीच छलफल जारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ओली-प्रचण्डबीच छलफल जारी


१५ माघ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । 

प्रधानमन्त्री दाहालसँग सत्तासाझेदार दलका नेतासमेत रहेका ओलीको अहिले छलफल जारी छ ।

छलफलमा नागरिकता विवाद समाधान भएपश्चात् शुक्रबारमात्र उपप्रधानसहित गृह मन्त्रालय गुमाएका रवि लामिछानेलाई पुनः सरकारमा ल्याउने वा नल्याउने विषयमा कुराकानी भइरहेको छ । 

साथै, बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल भइरहेको बुझिएको छ ।

ओलीले पछिल्लो दिनमा आफूलाई चौतर्फी घेराबन्दी पारेको भन्दै दाहालले असन्तुष्टि जनाइरहेका छन् ।

सम्बन्धित समाचार : केपी ओलीले चौतर्फी घेराबन्दी गरिरहेका छन् : प्रधानमन्त्री दाहाल

सम्बन्धित समाचार : माओवादीबाटै नयाँ गृहमन्त्री बनाउने तयारीमा प्रचण्ड

राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति कायम गर्ने प्रस्ताव दाहालको छ भने ओली त्यसमा तयार देखिएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस