माओवादीबाटै नयाँ गृहमन्त्री बनाउने तयारीमा प्रचण्ड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माओवादीबाटै नयाँ गृहमन्त्री बनाउने तयारीमा प्रचण्ड


१५ माघ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा देखिएका छन्।

यसअघि गृहमन्त्री भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद नागरिकताका कारण गुमेपछि प्रधानमन्त्री प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएका हुन्। अहिले गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैँसँग राखेका छन्।

‘आफ्नो पार्टीसँग शक्तिशाली मन्त्रालय नभएको अवस्थामा गृह मन्त्रालय माओवादीले नै राख्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ। यस विषयमा उहाँले सत्तारूढ घटकसँग पनि छलफल गर्ने तयारी छ,’ प्रधानमन्त्री निकट स्रोतको भनाई छ । 

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ छलफल हुन सक्ने एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा पनि मन्त्रालयका सवालमा असन्तुष्टि व्यक्त गरेका थिए।

सम्बन्धित समाचार – केपी ओलीले चौतर्फी घेराबन्दी गरिरहेका छन् : प्रधानमन्त्री दाहाल

सरकारको स्थायित्वका लागि रास्वपा जरुरी रहेको भन्दै त्यस पार्टीका सभापति लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री दिने सहमति भएको थियो। संसदमा रास्वपाको १९ सिट रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस