राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै गर्नुपर्छ : डा .कोइराला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै गर्नुपर्छ : डा .कोइराला


१४ माघ २०७९, शनिबार


विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन कुनै पनि हालतमा सार्न नहुने बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उद्घाटन गर्दै नेता कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेका हुन् ।

निर्वाचन २८ पछि सारे देशमा अनिष्ट हुने उनको भनाइ छ । ‘राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि इफ, बट आवश्यक छैन,’ उनले भने ।

उनले नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए । सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा मुलुकमा बेथिति हुने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस