रवि लामिछानेले छाडे सरकारी निवास « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

रवि लामिछानेले छाडे सरकारी निवास


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसमक्ष राजीनामा बुझाए लगत्तै उनले सरकारी निवास छाडेर निजी निवास गएका हुन् ।

लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नो निजी गाडीमा गएका थिए ।   

सम्बन्धित समाचार : रवि लामिछानेले बुझाए राजीनामा

सम्बन्धित समाचार : प्रधानमन्त्रीले लिए गृह मन्त्रालयको जिम्मेवारी

Tags :
प्रतिक्रिया दिनुहोस