झन्डावाल गाडी छोडेर बाहिरिँदै रवि, श्रीमतीलाई भने -‘क्वाटर छोडेर घर जाऊ’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

झन्डावाल गाडी छोडेर बाहिरिँदै रवि, श्रीमतीलाई भने -‘क्वाटर छोडेर घर जाऊ’


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको निर्णयसँगै उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सिंहदरवारबाट बाहिरिँदै छन् ।

निर्णय सार्वजनिक भएसँगै मन्त्रालयले उपलब्ध गराएको झन्डावाल गाडी छोडेर अर्को सवारीको व्यवस्था गरिएको र परिवारलाई फोन गरेर मन्त्री क्वाटरसमेत छोडेर घर फर्किन भनेको सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ । 

‘मन्त्रीज्यूले झन्डावाल गाडी छोडिसक्नु भयो’ ती उच्च स्रोतले भने ‘श्रीमतीलाई समेत फोन गरेर मन्त्री क्वाटर छोडेर घर जाउँ भने ।’ 

यतिबेला उनी गृह मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा छन् ।

सर्वोच्च अदालतले अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार : रवि लामिछानेको सांसद पद खारेज

सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको निर्णयसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।

सम्बन्धित समाचार : रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो

रवि लामिछाने सांसद हुन अयोग्य रहेको दाबी गर्दै परेको रिटमाथिको अन्तिम सुनुवाइ सकिएपछि न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले सांसद पद खारेज गर्ने निर्णय गरेका हुन् ।

सम्बन्धित समाचार : यस्तो छ रवि लामिछानेविरुद्ध सर्वोच्चको फैसला (पुर्णपाठ)

Tags :
प्रतिक्रिया दिनुहोस