उत्तर पुस्तिका साटासाट गर्ने २ जनालाई लोक सेवाले गर्‍यो कारबाही « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उत्तर पुस्तिका साटासाट गर्ने २ जनालाई लोक सेवाले गर्‍यो कारबाही


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । लोक सेवा आयोगले एक अर्काबाट उत्तर साटासाट गर्ने २ जना परीक्षार्थीलाई कारबाही गरेको छ । खरिदार वा सो सरह पदको ३० पुस २०७९ मा लोक सेवाले लिएको परीक्षामा सहभागी भई उत्तर पुस्तिका एक आपसमा साटेर लेखेको भन्दै आयोगले कारबाही गरेको हो । 

जयप्रकाश यादव र राजनारायण रायको उक्त विज्ञापनसँग सम्बन्धित उत्तर पुस्तिकाहरू रद्द गरिएको आयोगले जनाएको छ । साथै उनीहरूमध्ये यादवलाई २ वर्ष र रायलाई १ वर्ष परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ ।

आयोगले लोक सेवा आयोग ऐन, २०७९ को दफा ४० (१) (क) बमोजिम कसुर गरेको प्रमाणित भएकाले सोही आधारमा कारबाही गरेको आयोजनाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस