रवि लामिछाने पक्षका वकिलको बहस सकियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रवि लामिछाने पक्षका वकिलको बहस सकियो


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ। गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । अन्तिम दिनको सुनुवाइका लागि सर्वोच्च अदालतले तोकेबमोजिम रवि पक्षको बहस सकिएको छ ।

रिटकर्ताका तर्फबाट जवाफी बहस भइरहेको छ । लामिछानेले ७२ सालमै नेपालको नागरिकता प्रयोग गरी पासपोर्ट लिए पनि अमेरिकाको नागरिकता भने ०७५ साल असार ६ गते मात्र त्यागेको विवरण पेस गरेका छन् । उनले नागरिकता परित्यागको प्रक्रिया थालेको विवरण सरकारी संयन्त्रलाई जानकारी गराए पनि परित्यागको प्रमाणपत्र लिइसकेको जानकारी नगराएको रिटकर्ता पक्षले जनाएको छ ।

उनले नेपालको नागरिकता परित्याग गरिसकेपछि पुनः प्राप्तिका लागि आवश्यक प्रक्रिया नअपनाएका कारण उनको सांसद पदको उम्मेदवारी नै खारेज गर्न माग गर्दै उजुरी परेको थियो । निर्वाचन आयोगले निर्वाचनको परिणाम आउँदासम्म निर्णय नगरेर परिणाम आएपछि त्यस विषयमा निर्णयको अधिकार संवैधानिक इजलासको भएको भन्दै पन्छिएको थियो ।

त्यसपछि अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस