खाद्य विभागका प्राविधिक सहायक डेढ लाख घुससहित पक्राउ « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

खाद्य विभागका प्राविधिक सहायक डेढ लाख घुससहित पक्राउ


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक योगेन्द्र ढुङ्गेल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई डेढ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको लिई सकेको अवस्थामा बबरमहलस्थित विभागको हाताबाट बाहिर निस्कने क्रममा पक्राउ गरिएको हो । 

उनीबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस