यति बुझ्नुस् काँग्रेसकै उम्मेदवार राष्ट्रपति हुन्छ : पूर्णबहादुर खड्का « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यति बुझ्नुस् काँग्रेसकै उम्मेदवार राष्ट्रपति हुन्छ : पूर्णबहादुर खड्का


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले नेपाली काँग्रेसकै उम्मेदवार राष्ट्रपति हुने प्रवल सम्भावना रहेको बताएका छन्। 

कर्णाली प्रदेश अस्पताल सुर्खेतको अनुगमनपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन्। 

सुर्खेत क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यसमेत रहेका उपसभापति खड्काले नेपाली काँग्रेस अहिले पाटीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफलमा रहेको बताए। 

उनले भने, ‘पाटीमा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। पाटीले आफ्नो दलबाट राष्ट्रपतिको उम्मेदवार उठाउने र नेपालका सबै दलहरूसँग छलफल गरेर राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गर्ने कसरत पनि गरिरहेको छ। राष्ट्रपतिमा राष्ट्रिय सहमति नभएपनि काँग्रेसकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुने सम्भावना बढी छ ।’ 

उनले निर्वाचनका बेला गठबन्धन गरेको माओवादीले राष्ट्रपतिको निर्वाचनमा काँग्रेसलाई सहयोग गर्छ कि गर्दैन भन्ने विषयमा बोल्न चाहेनन्। तर पनि राष्ट्रपतिको निर्वाचनमा अहिलेकै सत्ता गठबन्धनका आधारमा परिणाम नआउनेमा उनले सङ्केत गरे। 

उनले भने, ‘हामी अहिले छलफलमै छौँ। राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार नै पाटीले निर्णय गरिसकेको छैन। राष्ट्रपतिको निर्वाचनमा कुन दलले काँग्रेसको उम्मेदवारलाई सहयोग गर्ने नगर्ने विषयमा बोल्न हतार हुन्छ। तर यति बुझ्नुस् काँग्रेसले नै उठाएको उम्मेदवार राष्ट्रपति हुनेमा म विश्वस्त छु।’    

२०७९ सालको मंसिरमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित भएपछि काँग्रेस उपसभापति खड्का नियमित गृह जिल्ला भ्रमण गर्न थालेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस