सम्पदा र सभ्यताको संरक्षण गर्ने दायित्व युवा पुस्ताको हो : बालेन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सम्पदा र सभ्यताको संरक्षण गर्ने दायित्व युवा पुस्ताको हो : बालेन


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो सभ्यता र सम्पदा जोगाउनका लागि अहिलेको युवा पुस्ता नै अन्तिम पुस्ता भएको पनि बताए।

उनले अहिलेका युवा पुस्ताले पनि साँस्कृतिक सम्पदाहरुको संरक्षण नगरे विस्तारै सम्पदा र सभ्यताहरु लोप हुँदै जाने बताए। उनले काठमाडौँ उपत्यकावासीहरुले आफ्नो आफ्नो भाषा र संस्कृति, बाजागाजा, सभ्यता, सम्पदा जोगाउने काममा अग्रसर हुन आग्रह गरे।

उनले भने, ‘हाम्रो सभ्यता र सम्पदा जोगाउनका लागि हाम्रो पुस्ता अन्तिम हो कि जस्तो लाग्छ। हामीले अब जोगाएनौँ, संरक्षण गरेर राख्न सकेनौँ भने विस्तारै अब आउने दिनहरुमा अझै गाह्रो हुनसक्छ। काठमाडौँ उपत्यकामा बस्ने विभिन्न समुदायले हाम्रो भाषा, साहित्य, संस्कृति, बाजागाजाहरुको सभ्यता, सम्पदा जोगाउने कार्यमा महानगरले सहयोग गर्नेछ। हामीले सभ्यता जोगाउनुपर्ने दायित्व र कर्तव्य छ।’

Tags :
प्रतिक्रिया दिनुहोस