खानेपानी मन्त्रीद्वारा पदभार ग्रहण, कर्मचारीलाई दिए यस्तो निर्देशन  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खानेपानी मन्त्रीद्वारा पदभार ग्रहण, कर्मचारीलाई दिए यस्तो निर्देशन 


११ माघ २०७९, बुधबार


काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले केही नयाँ काम गर्नका लागि आफूले नचाहँदा नचाहँदै खानेपानी मन्त्रालय सम्हाल्न आइपुगेको बताए । सरकार र पार्टीबीचको तारतम्य नमिलेर मन्त्रालय सम्हाल्न ढिलो भएको बताउँदै उनले प्रधानमन्त्री प्रचण्ड, खानेपानी मन्त्रालयका सचिव र एक सांसदको आग्रहमा आफू मन्त्रालय सम्हाल्न बाध्य भएको प्रस्ट पारे ।

मन्त्रालयको विषयमा पटक-पटक प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको र उनको आग्रहमा आफूले मन्त्रालय सम्हालेको बताए । 

खानेपानी मन्त्रालयका सचिवले पनि मन्त्रालयमा आउन पटक–पटक आग्रह गरेको उनले सुनाए । उनले एक जना सांसदले पनि मन्त्रालय सम्हाल्न आग्रह गरेको जानकारी दिए । उनले यिनै तीन कारणले मन्त्रालय सम्हाल्न आएको समेत बताए । 

आफू केही गर्ने वाचाका साथ मन्त्रालयका सम्हाल्न आएको भन्दै मन्त्री खानले अनुशासित र इमानदारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन पनि दिए । उनले भने, ‘राम्रो र इमानदारीपूर्वक काम गर्नेको हरहमेसा मेरो साथ रहन्छ । अरु दायाँ-बायाँ गर्न पाइँदैन इमानदारीपूर्वक काम गर्नेको साथमा म हुन्छु ।’ उनले एक घर, एक धाराको व्यवस्था, १० हजार लिटर पानी निःशुल्क, लिफ्टबाट पानी दिँदा बिजुली निःशुल्क गर्ने जस्ता कार्यक्रम सरकारले नीति तथा कार्यक्रममा राखेको बताए ।

खानेपानी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने गरी आफूले काम गर्ने बताउँदै उनले गुणस्तरीय पानीको परीक्षणका लागि एउटा इकाई बनाएर अस्पताल र विमानस्थल लगायतका विभिन्न सार्वजनिक ठाउँमा पानी परीक्षणको व्यवस्था मिलाउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस