प्रतिनिधि सभाको नियमावली पारितपछि मात्रै संसदीय समिति गठन हुने « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

प्रतिनिधि सभाको नियमावली पारितपछि मात्रै संसदीय समिति गठन हुने


११ माघ २०७९, बुधबार


sanghiya sansad

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेका विषयगत संसदीय समितिहरू गठनका लागि समय लाग्ने भएको छ ।

प्रतिनिधिसभाले नयाँ नियमावली बनाउन लागेकोले समिति र त्यसले गर्ने कामकाज सुरु हुन समय लाग्ने देखिएको हो । मङ्गलवार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठन गरेको छ ।

सो समितिलाई मस्यौदा बनाउनका लागि १५ दिनको समय दिइएको छ । सो नियमावलीको मस्यौदा आएर त्यसलाई सभाले पारित गरेपछि मात्रै संसदीय समिति बन्ने प्रक्रिया शुरु हुने संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

संविधानले प्रतिनिधिसभाले आफ्नो नियमावली आफैँले निर्माण गर्न सक्नेछ भन्ने व्यवस्था अनुसार निर्वाचन पछि बनेको प्रतिनिधिसभाले नियमावली बनाउन लागेको हो । सोही नियमावली बनेपछि मात्रै संसदीय समिति निर्माण र काम कारबाही अघि बढ्ने छ ।

यसअघिको प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति र २ वटा राष्ट्रिय सभासँग मिलेर २ वटा संयुक्त समिति गरी १२ वटा समिति रहेका थिए ।

अबको संसदमा के कस्तो समिति बनाउने, त्यसको नाम, काम, कर्तव्य र अधिकार नयाँ नियमावलीमा तोकिएअनुसार हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस