प्रदेश प्रमुख बाहिर हुँदा मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रदेश प्रमुख बाहिर हुँदा मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ


११ माघ २०७९, बुधबार


जनकपुरधाम । मधेस प्रदेशका प्रदेश प्रमुख प्रदेशबाहिर हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले सत्ता साझेदार दलबीच सहमति भए पनि प्रदेश प्रमुख हरिशंकर मिश्र बाहिर हुँदा मन्त्रिपरिषद् विस्तार गर्नमा ढिलाइ भएको बताए।

मङ्गलवार विभिन्न चरणमा सत्ता साझेदार दलबीच बसेको बैठकले मन्त्रालयको टुङ्गो लगाई सकेको र प्रदेश प्रमुख मिश्र आउने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने उनले बताए।

प्रदेश प्रमुख मिश्र भने उपचारको क्रममा काठमाडौँमा छन्।

सत्ता साझेदार दलबीच हाल कायम रहेको मन्त्रालयमा थप घट नगर्ने गरी सहमति भएको हो। सहमति अनुसार नेकपा एमालेले ४ मन्त्रालय, जनता समाजवादी पार्टीले ३,जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको हो।

अहिले मन्त्रिपरिषद्मा मुख्यमन्त्री र तीन जना बिनाविभागिय मन्त्री रहेका छन्। एमाले, जसपा र जनमत पार्टीबाट एकरएकजना बिना विभागीय मन्त्री रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस