भालुको आक्रमणबाट एक जना गम्भीर घाइते « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भालुको आक्रमणबाट एक जना गम्भीर घाइते


११ माघ २०७९, बुधबार


पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ मा जङ्गलमा घाँस काट्न जाँदा भालुले आक्रमण गरेर एक जनालाई घाइते बनाएको छ ।

वडा नं. २ का पूर्व वडाध्यक्ष तथा माओवादी केन्द्रका नेता राजेश श्रेष्ठले दिएको जानकारी अनुसार स्थानीय देउबहादुर बिक र उनकी श्रीमती घाँस काट्न घर नजिकै बनमा जाँदा मङ्गलवार बेलुका देउबहादुरलाई भालुले आक्रमण गरेर घाइते बनाएको हो ।

देउबहादुरलाई भालुले आक्रमण गरेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि पठाइएको छ । देउबहादुरलाई भालुले टाउकोमा आक्रमण गरेर गम्भीर घाइते बनाएको उनले बताए ।

उनीहरू घर नजिकै आँप खोली सामुदायिक वन तिनाउ २ तिन हलेको वनमा जाँदा देउबहादुरलाई भालुले आक्रमण गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लगेर उपचार भइरहेको जानकारी उनको ज्वाइँ शुक्र विकले बताए । विपन्न परिवार भएकाले उपचारमा समेत समस्या रहेको परिवारले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस