अर्को निर्णय नभएसम्म प्रभु हेलिकप्टरका सबै उडानमा बन्द « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अर्को निर्णय नभएसम्म प्रभु हेलिकप्टरका सबै उडानमा बन्द


१० माघ २०७९, मंगलबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ ।

माघ ५ गते अनुमतिविना स्याङ्जाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्राधिकरणले उडान बन्द गराएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले प्रभु हेलिकप्टरलाई अवतरण गर्नुपर्ने कारण मौखिक रूपमा सोधेको जानकारी दिए ।

अहिलेसम्म जवाफ नआएकाले अर्को निर्णय नभएसम्म प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाइएको छ ।

प्राधिकरणले हिजो एटीसीको नियम उल्लङ्घन गर्ने नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस