नेपाल एयरलाइन्सका ३ पाइलटलाई कारबाही गर्न निर्देशन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेपाल एयरलाइन्सका ३ पाइलटलाई कारबाही गर्न निर्देशन


९ माघ २०७९, सोमबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । 

नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको कन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

प्रवक्ता जगन्नाथ निरौलाले निगमलाई ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन पठाएको जानकारी दिए । 

प्राधिकरणको निर्देशनसँगै निगमले ३ जना पाइलटलाई निलम्बन गर्नुपर्छ । त्यसपछि, प्राधिकरणले ती पाइलटहरूलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने निरौलाको भनाइ छ । प्राधिकरणले पाइलटहरू उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस