रास्वपाको उपनेतामा श्रेष्ठ चयन  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रास्वपाको उपनेतामा श्रेष्ठ चयन 


८ माघ २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेतामा विराजभक्त श्रेष्ठ चुनिएका छन् ।

बसुन्धारास्थित पार्टी कार्यालयमा आइतबार बसेको संसदीय दलको बैठकले काठमाडौँ क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित श्रेष्ठलाई उपनेताको जिम्मेवारी दिएको हो ।

यस्तै समानुपातिक सांसद सन्तोष परियारलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ ।

रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । यस्तै सांसद डिपी अर्याल श्रम, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन् ।

रास्वपा सांसद इन्दिरा राना मगर शनिबार मात्र उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस