उपसभामुखको निर्वाचन प्रक्रिया सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपसभामुखको निर्वाचन प्रक्रिया सुरु


७ माघ २०७९, शनिबार


काठमाडौँ । प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।

शनिवारको प्रतिनिधि सभा बैठकमा दुवै पक्षका प्रस्तावक, समर्थक र सांसदहरूले बोलिसकेपछि उपसभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो।

उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर छिन् भने नेपाली काँग्रेसबाट मुक्ताकुमारी यादव रहेकी छिन्।

राना मगरको प्रस्तावकमा सोविता गौतम र समर्थकमा कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङदेन छन्। त्यस्तै यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला छन्।

Tags :
प्रतिक्रिया दिनुहोस