पुनको स्वास्थ्यबारे जानकारी लिन सुमेरु अस्पताल पुगे स्वास्थ्य मन्त्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पुनको स्वास्थ्यबारे जानकारी लिन सुमेरु अस्पताल पुगे स्वास्थ्य मन्त्री


६ माघ २०७९, शुक्रबार


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ललितपुरको सुमेरु अस्पतालमा उपचाररत पूर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् ।

मन्त्री गिरीले आज अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते नेता पुन सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।

एक कार्यक्रममा सहभागी हुन गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

नेता पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।

पुनलाई पुरानै समस्या देखिएको छ । उनी जन्डिस रोगबाट पीडित छन् ।उपचारमा संलग्न चिकित्सकका अनुसार उनको कलेजोको ८० प्रतिशत भाग बिग्रिसकेकोले प्रत्यारोपण गर्नुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस