चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


५ माघ २०७९, बिहिबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । 

नेपाल चीन उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताए।

सङ्घले नेपाल र चीनबीचको आर्थिक सम्बन्ध विस्तारका लागि पहल अघि बढाउन सरकारलाई सुझाव दिएको छ । सङ्घले चीनसँगको स्थल नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनुपर्ने तथा वस्तु आयातसँगै पर्यटकका लागि पनि नाका खुला गर्ने सम्बन्धमा सरकारले चिनियाँ पक्षलाई सहमत गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

द्विपक्षीय व्यापार अभिवृद्धिमा भुक्तानीको समस्या भइरहेको भन्दै सङ्घले नेपालमा चिनियाँ बैङ्कको शाखा स्थापना गर्न माग गरेको छ । चिनियाँ नागरिक नेपाल भ्रमण गर्न इच्छुक भए पनि पर्याप्त संख्यामा हवाई उडान नभएकाले चीनका विभिन्न सहरबाट काठमाडौं, पोखरा र भैरहवा विमानस्थलमा उडानको व्यवस्था गर्न सङ्घले माग गरेको छ ।

नेपाली वस्तुको चीनतर्फ निकासी वृद्धिका लागि भन्सार नाकामा रहेको कोटा प्रणाली हटाई पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने सङ्घले प्रधानमन्त्रीसमक्ष माग राखेको छ । जवाफमा प्रधानमन्त्री प्रचण्डले कोभिड महामारीपछि चीनले बाह्य मुलुकसँगको सिधा उडान र व्यापारिक सम्बन्ध सुचारु गरिसकेको उल्लेख गर्दै त्यसबाट नेपालले लाभ लिन सक्ने वातावरण निर्माणका लागि पहल गर्ने उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस