काठमाडौँ महानगरद्वारा पुससम्म साढे ४ अर्ब बढी राजस्व सङ्कलन  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ महानगरद्वारा पुससम्म साढे ४ अर्ब बढी राजस्व सङ्कलन 


५ माघ २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पुस मसान्तसम्म ४३ प्रतिशत भन्दा धेरै राजस्व सङ्कलन छ । महानगरले चालु आवको पुस मसान्तसम्म ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

महानगरले चालु आवको लागि कुल १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजश्व लक्ष्य राखेको छ । जसमध्ये पुस मसान्तसम्म ४ अर्ब ५६ करोड ६२ लाख ९७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको महानगरका राजश्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार महानगरले सबै भन्दा धेरै राजस्व मनोरञ्जन करबाट उठाएको छ । महानगरले मनोरञ्जन करबाट १८१.६५ प्रतिशत कर उठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस