सभाले खोजेको सभामुख ईश्वरी न्यौपाने हो : प्रकाश ज्वाला « प्रशासन
Logo १० चैत्र २०७९, शुक्रबार
   

सभाले खोजेको सभामुख ईश्वरी न्यौपाने हो : प्रकाश ज्वाला


५ माघ २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा न्यौपानेको पक्षमा पार्टी रहने भन्दै समर्थनमा उनले न्यौपानेलाई सबै दलहरूले मत दिएर जिताउनुपर्ने बताए।

सांसद ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहालले झैँ काँग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्ने बताए । उनले संसदले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने बताए।

राष्ट्रिय सहमतिको हिसाबले जाने हो भने उम्मेदवार न्यौपानेलाई जिताउनुपर्ने र प्रधानमन्त्रीको पार्टीले अवश्य नै न्यौपानेलाई मत हाल्ने विश्वास लिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस