दुई सचिवको सरुवा, भौतिकमा शर्मा  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई सचिवको सरुवा, भौतिकमा शर्मा 


४ माघ २०७९, बुधबार


काठमाडौँ । सरकारले थप दुई सचिवको सरुवा गरेको छ । बुधवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको सरुवा गरेको हो। 

प्रशासन सिंहदरवार स्रोतका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय(सिँचाइ) सचिव केशव कुमार शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गर्दै त्यहाँका सचिव गोपाल सिग्देललाई शर्माको ठाउँमा सरुवा गरिएको हो । 

शर्मा त्यस्ता भाग्यमानी सचिव हुन् जो तेस्रो नम्बरबाट सचिव बढुवा भए र पहिलो पोस्टिङमै सिँचाइ मन्त्रालय पाए र त्यसको केही महिनामै चाहको मन्त्रालय भौतिकमा आइपुगे । 

सम्बन्धित समाचार: तेस्रो नम्बरका केशव कुमार शर्मा सचिवमा बढुवा

बढुवा भएको केही अवधिमै उनी भौतिक पूर्वाधार मन्त्रालयको सचिवमा हुनेछन् भन्ने समाचार पुस २१ गते नै प्रशासन डटकमले प्रकाशन गरेको थियो । 

सम्बन्धित समाचार: यी सहसचिवका लागि थपिँदै छ सचिव दरबन्दी

Tags :
प्रतिक्रिया दिनुहोस