१२ जना प्रमुख प्रशासकीय अधिकृत तथा अधिकृतको सरुवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

१२ जना प्रमुख प्रशासकीय अधिकृत तथा अधिकृतको सरुवा


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । १२ जना प्रमुख प्रशासकीय अधिकृत तथा अधिकृतको सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा अधिकृतहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार मेचीनगर नगरपालिकामा कार्यरत राज कुमार चम्लागाईलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश १ सरुवा गरिएको छ भने सो नगरपालिकामा फिदिम नगरपालिका पाँचथरका गणेश प्रसाद दाहाललाई पठाएको छ । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मधेस प्रदेशमा कार्यरत उपसचिव ओम प्रकाश महतोलाई कमला नगरपालिका धनुषा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)मा कार्यरत लक्ष्मण बहादुर कठायतलाई घोडाघोडी नगरपालिका कैलाली सरुवा गरिएको छ भने सोही नगरपालिकामा कार्यरत दीपक कुमार आचार्यलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा पठाएको छ । 

यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत विष्णु प्रसाद गुरुङलाई पुर्वीचौकी गाउँपालिका डोटी, सुवर्ण गाउँपालिका बाराका नवीन कुमार श्रीवास्तव र कमला नगरपालिका धनुषाका सुबोध कुमार ठाकुरलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मधेस प्रदेश, गृह मन्त्रालयकी देवकी रावतलाई गुठीचौर गाँउपालीका जुम्ला पठाइएको छ भने सोही गाँउपालीकामा कार्यरत सिंह बहादुर खत्रीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कर्णाली प्रदेश सरुवा गरिएको छ । गृह मन्त्रालयका दिपेश रिजाललाई दुपचेश्वर गाँउपालीका नुवाकोट र आलिताल गाउँपालिकामा कार्यरत इन्द्र बहादुर रावललाई अपि हिमाल गाँउपालीका दार्चुला सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस