मधेसका मुख्यमन्त्री यादवले लिए शपथ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मधेसका मुख्यमन्त्री यादवले लिए शपथ


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ लिएका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका छन् ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस