लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ मा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ मा


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन ३ माघमा हुने भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गरी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुन लागेको हो ।

संविधानको धारा १८२ को उपधारा र लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो ।

त्यसका लागि २ पुसको दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सोही दिन साढे ५ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ भने ३ माघमा दिउँसो १ बजे मतदान हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस