सुदूरपश्चिममा मुख्यमन्त्री रावलले लिए शपथ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिममा मुख्यमन्त्री रावलले लिए शपथ


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार अपराह्न एमाले संसदीय दलका नेता समेत रहेका रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

रावलले ३ सदस्यीय मन्त्रिपरिषद् पनि बनाएका छन् । माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले बिहीबार नै मन्त्रीको शपथ लिएका छन् ।

भट्ट मुख्यमन्त्रीका दाबेदार पनि हुन् । सत्ता गठबन्धनमा भएको आलोपालोमा पहिलो मुख्यमन्त्री एमालेको भागमा गरेपछि भट्ट मन्त्री नै बन्न तयार भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस