प्रचण्ड सरकारसँग काम गर्न अमेरिका इच्छुक छ : अमेरिकी राजदूत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रचण्ड सरकारसँग काम गर्न अमेरिका इच्छुक छ : अमेरिकी राजदूत


२७ पुस २०७९, बुधबार


काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नयाँ सरकारसँग अमेरिका काम गर्न इच्छुक रहेको बताएका छन् । 

कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग राजदूत निवास बालुवाटारमा बुधबार आयोजित अन्तरक्रियामा राजदूत थम्प्सनले भने, ‘भविष्यमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणको लागि मेरोतर्फबाट पहल हुनेछ ।’ 

उनले प्रजातान्त्रिक प्रक्रियाबाट बनेको सरकारसँग काम गर्न अमेरिका तत्पर रहेको बताए । उनले भने,‘ हिजो मात्र प्रधानमन्त्री प्रचण्डले भारी विश्वासको मत पाउनु भएको छ । म बधाई भन्न चाहन्छु । साथै, अमेरिका प्रजातान्त्रिक प्रक्रियाबाट बनेको सरकारसँग काम गर्न तत्पर रहेको पनि स्पष्ट पार्न चाहन्छु ।’

उनले आफ्नो कार्यकालको प्रमुख प्राथमिकता नेपालसँगको द्विपक्षीय सम्बन्धलाई थप जोड दिनू, नेपाली जनस्तरसम्म सम्बन्ध विस्तार गर्नू र लोकतन्त्रको प्रवर्धनमा  सघाउनु रहेको पनि बताए । 

‘अमेरिका र नेपालबीच ७५ वर्षभन्दा लामो कूटनीतिक सम्बन्ध छ । यसमा दुई मुलुकबिचको सम्बन्धलाई थप मजबुद पार्ने मेरो प्राथमिकता हुनेछ,’ उनले थपे । 

Tags :
प्रतिक्रिया दिनुहोस