मुलुकको विशिष्ट परिस्थिति हेरेर विश्वासको मत दियौँ : उपसभापति खड्का « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मुलुकको विशिष्ट परिस्थिति हेरेर विश्वासको मत दियौँ : उपसभापति खड्का


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुकको विशिष्ट परिस्थिति हेरेर सरकारलाई विश्वासको मत दिने निर्णयमा पुगेको बताएका छन् । 

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपसभापति खड्काले ०५१ मा पनि काँग्रेसले मनमोहन अधिकारी नेतृत्वको सरकारलाई यसैगरी विश्वासको मत दिएको स्मरण गराए ।

उपसभापति खड्काले काँग्रेसले विश्वासको मत दिने निर्णय सरकार अल्पमतमा पर्ने वा बहुमतमा हुने कुरासँग नजोडिएको बताए । 

उपसभापति खड्काले विश्वासको मत दिएर पनि काँग्रेसले अब सशक्त प्रतिपक्षको भूमिका निभाउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस