सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी 


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने माग गरेकी छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले रेशम चौधरीलगायतका बन्दीहरूको रिहाइ नभएकाले सरकारमा जान छेकबार भएको बताइन् । 

“सुदूरपश्चिम सरकारमा हाम्रो नेतृत्वमा नै बनोस् । सरकारमा सहभागी हुन हामीलाई छेकबार छ,” उनले भनिन् ।

बन्दी रिहाइका लागि दयाको भिख पनि नमागिएको उनले बताइन् । समयमा नै न्याय दिन उनले आग्रह गरिन् ।

उनले मतदाताहरूले सम्पूर्ण बन्दीको रिहाइबिना मन्त्रालयको दैलो नटेक्नु भनेर खबरदारी गरिरहेको बताइन् । सरकारलाई समर्थन गर्ने तर बन्दीहरूको रिहाइ नहुन्जेलसम्म प्रतिपक्षमा बस्ने उनको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस