‘सरकारले सुशासनका पक्षमा गरेको प्रारम्भिक प्रयासले उत्साहित छौँ’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘सरकारले सुशासनका पक्षमा गरेको प्रारम्भिक प्रयासले उत्साहित छौँ’


२४ पुस २०७९, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वर्तमान सरकार गठनपछि सुशासनका पक्षमा गरिएको प्रारम्भिक प्रयासले आफूहरू उत्साहित भएको बताएका छन् । 

आइतबार बिहान सिंहदरवारमा प्रधानमन्त्री पुष्प कमल ‘प्रचण्ड’सँगको छलफलमा आयुक्त राईले उक्त कुरा बताएका हुन् । 

प्रधानमन्त्रीले नेपाल सरकारका सचिवहरूलाई गरेको निर्देशनात्मक सम्बोधनले आयोग उत्साहित भएको र राज्यका सबै अङ्गहरू जिम्मेवार भएर लाग्दा भ्रष्टाचार नियन्त्रणमा अपेक्षित परिणाम हासिल गर्न सकिने उनले बताए ।

आयोगले संसदमा विचाराधीन ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउन, आयोगको क्षमता अभिवृद्धि र कार्यक्षेत्र बिस्तारका निम्ति अभिभावकीय भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ । छलफलमा प्रधानमन्त्रीले भ्रष्टाचार निवारणका निम्ति आयोगका सबै सकारात्मक प्रस्तावहरू सम्बोधन गर्न आफू तत्पर रहेको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस