वायु प्रदूषण गराउने १४ सवारी चालक कारबाहीमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वायु प्रदूषण गराउने १४ सवारी चालक कारबाहीमा


२० पुस २०७९, बुधबार


काठमाडौँ । काठमाडौँको कलङ्कीमा मङ्गलवार गरिएको विशेष जाँच अभियानका क्रममा अत्यधिक धुवाँ फाली वायु प्रदूषण गराउने १४ सवारीसाधनका चाकललाई कारबाही गरिएको छ ।

बबरमहलस्थित वातावरण विभाग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी र दक्ष प्राविधिकसहितको टोलीले चलाएको उक्त जाँच अभियानमा ४३ गाडीमा गरिएको परीक्षणमा १४ सवारीसाधन असफल भए ।

सो क्रममा चालकलाई सवारीसाधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी कागजात फिर्ता गर्ने गरी छाडिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

यस्ता सवारी साधनले वायु प्रदूषण गराउनाका साथै ठिक नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको समेत जोखिम हुन्छ । त्यसैले आफ्नो सवारीसाधनको अवस्था दुरुस्त राख्न अनुरोध गरिएको र त्यस्तो पाइएमा कारबाही गरिने प्रवक्ता भट्टले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस