पूर्व स्वीकृति बिना विद्यालयमा कसैलाई प्रवेश नगराउन महानगरको निर्देशन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पूर्व स्वीकृति बिना विद्यालयमा कसैलाई प्रवेश नगराउन महानगरको निर्देशन


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले पूर्व स्वीकृतिविना कसैलाई विद्यालयमा प्रवेश नगराउन विद्यालयहरूलाई परिपत्र गरेको छ।

विभागको अनुसार विद्यालयहरूमा धार्मिक सङ्गठन, विद्यार्थी सङ्गठन, मानव अधिकार, बाल अधिकार, एनजिओ, आईएनजीओ, संस्था, गेस्ट लेक्चर आदीको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीहरूसँग जबरजस्ती आर्थिक सहयोग माग गर्ने, शिक्षक विद्यार्थीलाई अमर्यादित व्यवहार गर्ने, विद्यार्थीहरूलाई अवाञ्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलाप भइरहेको अभिभावक तथा विद्यालयको बारम्बार गुनासो आइरहेकोले पूर्व स्वीकृति बिना प्रवेश नगराउन परिपत्र गरिएको हो।

विभाग अधिकृत रामप्रसाद सुवेदीले विद्यालय शान्ति क्षेत्रको उल्लङ्घन भई विद्यालयको समग्र शैक्षिक गतिविधि प्रभावित भएको गुनासो विद्यालय तथा अभिभावकबाट आएको हुनाले पूर्व स्वीकृति बेगर विद्यालयमा प्रवेश अथवा कसैलाई आमन्त्रण गर्नै पर्ने भएमा विभागलाई पूर्व जानकारी गराएर मात्रै प्रवेश गराउन भनेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस