२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विशेष महाधिवेशन’को मागसहित झलनाथ खनालले दिए पार्टी नेतृत्वलाई २५ बुँदे सुझाव (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको पुनर्गठनको कालदेखि अहिलेसम्म अनुभवहरूको समग्र समीक्षा गर्नुपर्ने बताएका छन् ।

सो पार्टीको जारी बैठकमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले लिखित डकुमेन्ट पेस गर्दै आफ्ना गल्ती र कमजोरीहरूको निर्मम ढङ्गले उजागर गर्न सक्नुपर्ने भन्दै के कारणले राष्ट्रिय पार्टी बन्न नसकेको हो भन्ने खोज्नुपर्ने समेत बताएका छन् ।

‘हामीले गरेका सही र गलत कुरालाई पहिचान गरौँ, के कारणले राष्ट्रिय पार्टी सम्म पनि बन्न सकेनौ ? त्यसका वैचारिक राजनीतिक र साङ्गठनिक कारणहरू के हुन् ?’, नेता खनालले भनेका छन्, ‘तिनीहरूलाई पत्ता लगाऔँ र त्यस्ता गल्ती कमजोरीहरू फेरि कहिल्यै नदोहोरिने सङ्कल्प गरौँ ।’

‘अब हामीले हिँड्नुपर्ने बाटो’ शीर्षकमा नेता खनालले २५ बुँदे सुझाव दिँदै कमजोरी नदोहोर्‍याउने एजेण्डामा छलफल गर्न विशेष बैठक आयोजना गरौँ भनेर प्रस्ताव नै गरेका छन् । उनले वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेपाली समाजका क्रान्ति र रूपान्तरणका निम्ति हाम्रो कार्यदिशा,नीति, सिद्धान्त र लक्ष्यका बारेमा धारणाहरू दस्तावेजीय रूपमा प्रस्ट पार्नुपर्ने पनि बताएका छन् ।

‘कार्यदिशाका आधारमा अविलम्ब राष्ट्रिय सम्मेलन वा महाधिवेशन आयोजना गरौँ, त्यही कार्यदिशाका आधारमा पार्टीलाई वैचारिक र सङ्गठनात्मक रूपले व्यापक पुनर्गठन गरौँ र पार्टीलाई उद्देश्यमूलक ढङ्गले सक्रिय र गतिशील बनाऔँ’, नेता खनालले भनेका छन् ।

उनले पार्टी केन्द्रीय कमिटी ,प्रदेश कमिटी ,जिल्ला कमिटी ,पालिका कमिटीहरू, वडा कमिटी सम्मलाई व्यापक पुनर्गठन गर्दै  छरिता,साना र कामकाजी कमिटीहरू निर्माणमा जोड दिएका छन् । नेता खनालले पार्टी पार्टीका बारेमा कहिले यो पार्टीसँग विलय हुने र कहिले त्यो पार्टीसँग विलय हुने हल्लाहरू चलिरहेको भन्दै  पार्टी यतिबेला कसैसँग विलय हुने पक्षमा र यसैसँग पार्टी एकता गरिहाल्ने स्थितिमा नरहेको बताएका छन् ।

‘हामीले सबै पार्टीहरूको हैसियत राम्ररी देखि रहेका छौँ र अध्ययन गरिरहेका छौँ । हामी कहिल्यै कसैसँग पनि एकता गर्दै गर्दैनौँ भन्दैनौँ । कम्युनिस्ट आन्दोलनको एकता, पार्टी एकता, एउटै एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने आवश्यकता आजको युगको आवश्यकता हो ’, खनालले नेपालको समाजवादी क्रान्ति आवश्यकता रहेको पनि बताएका छन् ।

‘हामी सधैँ कम्युनिस्ट एकताका पक्षमा छौँ । तर कम्युनिस्टहरू बीच एकता टाउको जोडेर हुँदैन, अङ्कमाल गरेर पनि हुँदैन, हात मिलाएर मात्र पनि हुँदैन, कुनै खास खास नेताहरूले चाहेर मात्र पनि हुँदैन । हामीले इतिहासमा धेरै तिता नमिठा अनुभवहरू भोगिसकेका छौँ । कम्युनिस्टहरुको बीचको एकता भनेको नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र विधिनिष्ठ एकता हो । यो निस्वार्थ एकता हो । नीति, सिद्धान्त र विधिमा एकरूपता छ वा हुन्छ भने फेरि पार्टी एकतालाई कसैले रोकेर रोक्न सक्दैन’, खालले स्थायी कमिटी बैठकमा पेस गरेको दस्ताबेजमा भनेका छन्,  ‘नेकपा (माले) र नेकपा (एमाले)का अधिकांश कालमा हामीले यस्तै एकता कायम गरेका थियौँ । ती एकताले पार्टी र आन्दोलनलाई सधैँ अग्रगति तीर लगेका थिए’ तर खास अवस्थामा केही खास नेताहरूका सनक वा लहड वा महत्त्वाकाङ्क्षा आधारमा हठात् गरिने एकताले कति दुखदायी परिणामहरू जन्मिन सक्छन् भन्ने कुरा विगत ३ वर्षको अवधिमा नेपालका लाखौँ कम्युनिस्ट र जनताले रोइ रोइ भोग्नुपरिरहेको छ । ’

उनले पुन त्यही अवस्था आए हजारौँ योद्धाहरूका जीवन बिल्लीबाठ हुने खतरा रहेको पनि बताएका छन् ।

‘हामीले त्यस्ता दुर्घटनाहरूबाट गहिरो शिक्षा लिनुपर्छ । पार्टी र पार्टी नेता कार्यकर्ताहरूलाई त्यस्ता दुखद परिणामहरूबाट बचाउनुपर्छ । हाम्रो एकता वैचारिक,राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक एकता हो । यस्तो एकताका निम्ति हामी सधैँ तत्पर हुनुपर्छ । त्यस्तो सम्भावना देखिने बित्तिकै पक्रनु पर्छ र एकताको निम्ति अघि बढ्नुपर्छ । तर स्वार्थपूर्ण एकताका प्रस्तावहरूबाट हामी हरबखत सतर्क हुनुपर्छ । नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र विधिनिष्ठ एकताका निम्ति भने हामीले सधैँ सक्रिय र दृढ बन्नुपर्छ’, नेता खनालको भनाइ छ । 

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस