स्वतन्त्र उम्मेदवारहरूको राष्ट्रिय सम्मेलन हुँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्वतन्त्र उम्मेदवारहरूको राष्ट्रिय सम्मेलन हुँदै


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधि तथा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएर आफ्नो राजनीतिक यात्रा सुरु गरेकाहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ ।

स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फागुन ५ देखि ७ गतेसम्म राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको जनाएको हो । 

स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरू एकठाँउ आउनैपर्ने भएकाले सम्मेलनको आयोजना गरिएको फोरमले जनाएको छ । तीन दशक लामो समयदेखि नै दलहरूले भ्रष्टाचार, कुशासन र अविकासको दुष्चक्रमा फसाएकाले अब जनता चुप लागेर बस्न नहुने र अब वैकल्पिक शक्तिको आवश्यकता रहेको फोरमको भनाइ छ । 

राष्ट्रिय सम्मेलनमार्फत देशमा राजनैतिक शुद्धीकरण, सुशासन र आर्थिक समृद्धिको स्पष्ट खाकासहित सशक्त र वैकल्पिक शक्तिको घोषणा गरिने स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरूको राष्ट्रिय सम्मेलन, अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक सुनिप्रसाद शाहले जानकारी दिए । 

त्यस्तै, सम्मेलनमार्फत सबै निर्वाचन र परिणामहरूको गहन विश्लेषण गरेर आम नागरिकको अबको आवश्यकताअनुसारको कार्यक्रम तर्जुमा गर्ने फोरमले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस