मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु


१४ पुस २०७९, बिहिबार


जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडक खण्डको शहीदनगर नगरपालिका–६ हठीपुरमा मधेस प्रदेश २,००६ प १८१९ नम्बरको मोटरसाइकल दुर्घटना बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक कमला नगरपालिका–८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ठाकुर गिद्धादेखि यदुकोहातर्फ जाँदै गरेको बेला उनले चलाइरहेको मोटरसाइकल कलभर्टमा रहेको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस