कर्मचारी फिर्ता नगर्न मन्त्रालयको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारी फिर्ता नगर्न मन्त्रालयको निर्देशन


१३ पुस २०७९, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यका कर्मचारीलाई फिर्ता नपठाउन निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता नपठाउन सबै सात सय ५३ वटै स्थानीय तहलाई निर्देशन गरेको हो । 

मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव मोहन निरौलाले स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीको अपुग तलब भत्ता अहिलेलाई मन्त्रालयबाट वित्तीय हस्तान्तरणमार्फत बजेट पठाइने भएकाले फिर्ता नपठाउन निर्देशन दिएको जानकारी दिए । 

विभिन्न प्रदेश र स्थानीय तहमा समायोजन भएर स्वीकृत दरबन्दीभन्दा बढी हुन गई तलब भत्ता अपुग हुन गई कर्मचारीलाई मन्त्रालयमा फिर्ता पठाइएका थिए । उनले स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीलाई मन्त्रालयले बजेट पठाउने भएकाले हाजिर गराई कामकाजमा खटाउन निर्देशन दिएको बताए । 

मुलुक सङ्घीय संरचनामा गइसकेपछि सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको थियो । गत मङ्सिर १८ गते धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकाले ११ जना स्वास्थ्य सेवाका कर्मचारीलाई मन्त्रालयमा फिर्ता पठाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस