२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आदर्श गाउँपालिकाले लागु गर्‍यो वडा स्तरमा योजना सम्झौता कार्यक्रम

अ+ अ-

डोटी । डोटीको आदर्श आर्थिक वर्ष २०७९/०८० विनियोजन गरेका सम्पूर्ण योजनाहरूको वडा स्तरमा गएर सम्झौता कार्यक्रम सञ्चालन गर्नुका साथै योजना प्रक्रियाको बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

पालिकाले विनियोजित गरेका सम्पूर्ण योजानाहरुमा गुणस्तरीयता कायम गर्नुका साथै उपभोक्ताहरूलाई सहजता होस भन्ने हेतुले वडा स्तरमा योजना सम्झौता कार्यक्रम तथा उपभोक्ता समितिका पदाधीकारीहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए । उनले भने वडा स्तरमा रहेका सम्पूर्ण योजनाको सम्झौता गर्न पालिका आउनु पर्ने, आवश्यक कागजात अपुग हुन सक्छन्, घेरै समय लाग्न सक्छ त्यसैले उपभोक्ताहरूको सहजताको लागि वडामै सम्झौता लगायतका सम्पूर्ण प्रक्रिया गर्न कार्यक्रम सञ्चालन गरिएको बताए ।

गाउँपालिकाले वडा अन्तर्गत सञ्चालन गर्ने सम्पूर्ण कामहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुका साथै उपभोक्ताहरूलाई पनि सहज होस भन्ने हेतुले वडा स्तरमा सम्झौता कार्यक्रमका साथै उपभोक्ता समितिलाई योजना प्रक्रियाको बारेमा जानकारी गराएको आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकायले बताइन् ।

वडा अन्तर्गत रहेका योजनाहरूका सम्झौता गर्न पालिका आउनु पर्दा झन्झटिलो हुने, कागजात अपुग भए वा बिग्रिँदा फेरी सच्चाउन वडामा जानुपर्ने लगाएका समस्यालाई मध्यनजर गर्दै सबै शाखाका कर्मचारीहरू नै वडामा गएर अभिमुखीकरण गर्नुका साथै सम्झौता गर्ने गरेको आदर्श गाउँपालिकाकी सब इन्जिनियर जमनी पनेरुले बताइन् । उनले भनिन् पालिकामा सम्झौता गर्न बोलाउँदा सबै आउन सक्दैनन् धेरै दिन समय लाग्न सक्छ त्यसैले वडामा गएर सम्झौता गर्दा सेवाग्राहीलाई सहजता हुने गरेको बताइन् ।

योजना सम्झौता देखी अन्तिम कार्यान्वयन चरण सम्म कसरी गर्ने, कामको गुणस्तर कायम गर्ने, समय सीमा भित्र सम्पन्न गर्न को को जिम्मेवार हुन, योजना निमार्णमा चाहिने आवश्यक सामाग्री,आवश्यक कागजात, भुक्तानी प्रक्रियाको बारेमा जानकारी गराउनुका साथै योजना निर्माण गर्नु पर्ने ठाउँ मै गएर नाप जाँच , सर्वेक्षण गरी स्टेटमेन्ट तयार गरी सम्झौता गर्ने गरेको समेत सब इन्जिनियर पनेरुले बताइन्

गाउँपालिकाले पुस ७ गते देखि सबै वडामा सञ्चालन गरेको वडा स्तरीय योजना सम्झौता कार्यक्रम शुक्रबार सम्म सम्पन्न हुने पालिकाले जनाएको छ ।

वडा स्तरमा सञ्चालन भएको अभियानमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ,योजना शाखा, प्राविधिक शाखा, लेखा शाखाकाका कर्मचारीहरूले सहजीकरण गरेका थिए ।

वडा वडामा गएर योजना प्रक्रियाको बारेमा जानकारी गराउनुका साथै वडा अन्तर्गतका सम्पूर्ण योजनाहरूको वडामा नै सम्झौता गर्ने डोटीको यो पहिलो पालिका हो ।

प्रतिक्रिया दिनुहोस