काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । करार सेवामा पदपूर्तिका लागि छटौं तहका लागि आवेदन आह्वान गरिएको हो ।
सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण १८ वर्ष पूरा भई ४० वर्ष (महिलाको हकमा ४५ वर्ष) ननाघेका इच्छुक नेपाली नागरिकले ०७९ पुस २१ गतेभित्र आवेदन दिन सक्ने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ ।
मुख्य प्राविधिक सहायक, फार्मेसी, मुख्य प्राविधिक सहायक प्यालोजी, मुख्य प्राविधिक सहायक बायोमेडिकल टेक्निसियन, मुख्य प्राविधिक सहायक– जनस्वास्थ्य असिस्टेन्टमा आवेदन आह्वान गरिएको हो ।
